सान्भी इनर्जीको आईपीओ डिम्याट खातामा, कहिले हुन्छ सूचीकृत ?
१९ असार २०८२, बिहीबार १०:५१

काठमाडौं । सान्भी इनर्जी लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट खातामा आएको छ । शेयर परेका लगानीकर्ताको डिम्याट खातामा हिजो बुधबार शेयर आएको हो।
शेयर डिम्याट खातामा आएसंगै अब यी शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत हुने छ। नेप्सेमा शेयर सूचीकृत भएको भोलिपल्टबाट शेयर कारोबार गर्न सकिने छ। कम्पनीको SANVI सिम्बलबाट कारोबार हुने छ ।
बिक्री प्रवन्धक एसबीआई मर्चेन्ट बैंकिङले गत जेठ २६ गते सोमबार दिउँसो ३ बजे शेयर बाँडफाँड गरेको थियो। जसमा २ लाख ४१ हजार ५ सय ३० जना आवेदकले १० कित्ताको दरले शेयर पाएका थिए।












