वेष्ट फाइनान्समा ६ जना सञ्चालक निर्विरोध निर्वाचित

१९ असार २०८२, बिहीबार ११:०६

काठमाण्डौं । वेष्ट फाइनान्स कम्पनी लिमिटेडमा ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । असार १८ गते सम्पन्न कम्पनीको २८ औं वार्षिक साधारण सभाबाट ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् ।

निर्विरोध निर्वाचित हुनेमा संस्थापक समूहबाट प्रा.डा. रामजी गौतम, रामचन्द्र देवकोटा र सुशिला खनाल रहेका छन् । यस्तै सर्वसाधारण समूहबाट खिमलाल पौड्याल, रामलाला श्रेष्ठ र विष्णु प्रसाद ज्ञली रहेका छन् ।

यस्तै असार १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सञ्चालकहरुमध्येबाट प्रा.डा. रामजी गौतमलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गर्ने निर्णय गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*