राप्ति हाइड्रोको हकप्रद शेयरमा आवेदन दिने म्याद थप

२२ असार २०८२, आईतवार ०७:४३

काठमाडौं । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार १ गतेदेखि निष्कासन गरिरहेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने म्याद थप भएको छ।

यसअघि आज असार २२ गते निष्कासन बन्द गर्ने भनेकोमा पर्याप्त आवेदन नपरेपछि २ दिन अवधि थप गरेर असार २४ गतेसम्म लम्ब्याइएको हो।

यस कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरले जम्मा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर १ बराबर १ को अनुपातमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।

यसका लागि कम्पनीले जेठ ६ गते बुक क्लोज गरिसकेको छ। यसर्थ जेठ ५ गतेसम्म कम्पनीको साधारण शेयर खरीद गरेका लगानीकर्ताले मात्रै यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

यस हकप्रदमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल नक्साल काठमाडौं र राप्ती हाइड्रोको कर्पोरेट कर्यालय त्रिपुरेश्वर, काठमाडौंबाट आवेदन दिन सकिनेछ।

साथै मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरू विर्तामोड झापा, विराटनगर मोरङ, विरगंज–पर्सा, जनकपुर–धनुषा, नारायणगड– चितवन, पोखरा–कास्की, बुटवल–रुपन्देही, नेपालगञ्ज–बाँके, वीरेन्द्रनगर–सुर्खेत, धनगढी–कैलाली र महेन्द्रनगर–कञ्चनपुरबाट आवेदन दिन सकिनेछ।

त्यसैगरी धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*