नेप्सेद्वारा सिप्ला सेक्युरिटिजलाई ३ दिनका लागि निलम्बन
२२ असार २०८२, आईतवार १७:२३

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ब्रोकर कम्पनी सिप्ला सेक्युरिटिज लिमिटेडलाई तीन कार्य दिनका लागि कारोवारबाट निलम्बन गरेको छ।
नेप्सेले सार्वजनिक सूचना जारी गर्दै ब्रोकर नम्बर २० रहेका सिप्लाले निर्धारित समयसीमाभित्र सेटलमेन्ट प्रक्रिया सम्पन्न नगरेको भन्दै असार २३ गतेदेखि लागू हुने गरी सो निर्णय गरिएको जनाएको हो।
नेप्सेले निलम्बनको निर्णय सिधै सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाट प्राप्त पत्रका आधारमा गरेको स्पष्ट पारेको छ। कम्पनीले राफसाफ तथा फर्छ्यौटको कार्यमा ढिलाइ गरेकाले नियमनप्रदत्त समयसीमा उल्लंघन भएको जनाइएको छ।












