नेप्सेको उकालो यात्रामा ब्रेक, कारोबारमा पनि गिरावट

२३ असार २०८२, सोमबार १५:०७

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजारको उकालो यात्रा रोकिएको छ । आज नेप्से परिसूचक २२.१० अंकले बृद्धि भएर २६८४.२५ को बिन्दुमा कायम भएको छ ।

सोमबार शेयर कारोबार रकममा पनि सामान्य गिरावट आएको छ । आज ३११ वटा कम्पनीको एक करोड ९४ लाख १५ हजार कित्ता शेयर खरिद–बिक्री भएर ८ अर्ब ३७ करोड रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, यसदिन म्युचुअल फण्ड र होटल्स एण्ड टुरिज्म इन्डेक्समा हरियाली छाएको छ । यी बाहेकका अन्य उपसूचकहरु राताम्मे बनेका छन् ।

 

त्यसैगरी, असार मसान्तपछि वित्तीय विवरण सार्वजनिक गर्ने समय सुरु हुने भएकाले सूचीकृत कम्पनीहरूको आम्दानी, नाफा तथा सम्भावित लाभांश घोषणाप्रति पनि लगानीकर्ता आशावादी छन् । छोटो अवधिमा प्रतिफलको अपेक्षा, मौद्रिक नीतिको सकारात्मक संकेत र ब्याजदरको सस्तो अवस्था मिलेर सेयर बजारलाई आगामी साता र महिनाहरूमा थप उचाइमा पुयाउने विश्वास गरिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*