आईपीओ बाँडफाँड अब चाँडो हुने

२३ असार २०८२, सोमबार १५:४८

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिकामा नवौं संशोधन गर्दै आईपीओ बाँडफाँको समयम छोट्याएको छ ।

बोर्डले निर्देशिका संशोधन गर्दै आईपीओ बाँडफाँडको लागि तयार गरिएको तालिका निष्काशन तथा बिक्री प्रबन्धकले धितोपत्रको बाँडफाँड गर्नु भन्दा कम्तीमा दुई कार्य दिन अघि बोर्डमा पेश गर्नु पर्ने व्यवस्था गरेको हो।

हाल आईपीओको प्रि अलोटमेन्ट गरेर धितोपत्र बोर्डमा कम्तिमा ३ दिन अगाडी बाँडफाँडको तालिका पठाउनु पर्ने व्यवस्था छ । हालसम्म प्रि अलोटमेन्ट भएको ३ दिनपछि आईपीओ बाँडफाँड हुन्थ्यो । अब भने प्रि अलोटमेन्ट भएको २ दिनपछि आईपीओ बाँडफाँड गर्न सकिने भएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*