शेयर बजार बढेपनि कारोबार बढेन, फाइनान्स र हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता
२४ असार २०८२, मंगलवार १५:०८

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर झिनो अंकले बढेको छ । सोमबार दोहोरो अंकले घटेको नेप्से परिसूचक आज ३.६१ अंकले बढेर २६८७ को बिन्दुमा कायम भएको छ ।
बजार सामान्य अंकले बढेपनि कारोबार रकम घटेको छ । मंगलबार कारोबार भएका ३०४ वटा कम्पनीको एक करोड ५० लाख २७ हजार कित्ता शेयर खरिद–बिक्री हुदाँ कुल ६ अर्ब ५७ करोड ४१ लख रुपैयाँको शेयर कारोबार भएको छ ।

सोमबार विकास बैंक, फाइनान्स, हाइड्रोपावर, इन्भेष्टेमन्ट, लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स लगायतका इन्डेक्सहरुमा हरियाली छाएको छ । आज नेपाल पुनर्बीमा कम्पनी र बुटवल पावर कम्पनीको शेयर कारोबार सर्वाधिक भएको छ । यता, बुटवल पावर र पिपल्स हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक बृद्धि भएको छ ।













