यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कारोबार ?
२५ असार २०८२, बुधबार १५:०२

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कारोबार ?
काठमाडौँ । शेयर बजार आज दोहोरो अकंले बढेको छ । मंगलबार सामान्य करेक्सन देखिएको बजारमा आज भने बढ्न पुगेको हो ।
आज नेप्से २२.२६ अकंले बढेर २७०६ बिन्दुमा कायम भएको छ । आज ३१५ कम्पनीको १ करोड ५६ लाख कित्ता शेयर किनबेच भएको हो ।
आज राधी विद्युतको ४६ करोड ७१ लाख, बुटवल पावरको ३६ करोड ६७ लाख, एनआरएनको ३५ करोड १८ लाख र गार्डियन माइक्रो लाइफको ३१ करोड ८५ लाख रुपैयाँको कारोबार भएको छ ।













