खानी खोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । खानी खोला हाइड्रोपावरले निष्कासन गर्न लागेको शतप्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज असार २६ गते अन्तिम दिन रहेको छ।
कम्पनीले हकप्रद निष्कासनका लागि भोलि असार २७ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा यस कम्पनीको शेयर खरीद गरेका शेयरधनीले मात्रै कम्पनीले निष्कासन गर्न लागेको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।
कम्पनीले आफ्नो चुक्ता पूँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ बराबरको हकप्रद शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।
यसअनुसार कम्पनीले अब छिट्टै ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर १ः१ को अनुपात अर्थात् १ कित्ता साधारण शेयर हुनेले १ कित्ता हकप्रद शेयरका लागि आवेदन दिन पाउने गरी निष्कासन गर्नेछ।
यद्यपि कम्पनीले हालसम्म हकप्रद शेयर निष्कासनको मिति भने तय गरिसकेको छैन।












