युनिभर्सल पावरले राप्ती हाइड्रोको साढे १४ लाख कित्ता शेयर बेच्ने
२६ असार २०८२, बिहीबार १३:१८

काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडले आफ्नो नाममा रहेको राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयर बिक्री गर्ने भएको छ । युनिभर्सलले आफ्नो स्वामित्वमा रहेको राप्तीको १४ लाख ४२ हजार १ सय ८७ कित्ता शेयर बिक्री गर्ने निर्णय गरेको हो ।
यी शेयर बजारमा चलेको मूल्यमा बिक्री गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको संस्थापक शेयरको लकइन अवधि २०८२ साउन ८ गते समाप्त हुदै छ । लकइन अवधि खुले लगत्तै युनिभर्सलले राप्तीको शेयर बिक्री गर्ने भएको हो ।












