हिम स्टार उर्जाको आईपीओमा भोलिसम्म आवेदन दिन सकिने

काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले असार २४ गतेदेखि सर्वसाधारणमा निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने भोलि असार २७ गते अन्तिम दिन रहेको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ११ लाख १९ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।
जसमध्ये प्रथम चरणमा आयोजना प्रभावितका लागि १ लाख ८६ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ९३ हजार २५० कित्ता शेयर शेयर निष्कासन गरिसकेको छ।
अब कम्पनीले कर्मचारीका लागि १८ हजार ६५० कित्ता शेयर र सामूहिक लगानी कोषका लागि र ४६ हजार ६२५ कित्ता शेयर सुरक्षित गरेर बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारणमा निष्कासन गरिरहेको छ।
यसमा लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।













