नेप्से पुनः संरचनाको अध्ययन प्रस्ताव अर्थ मन्त्रालयमा पेश

२६ असार २०८२, बिहीबार १४:४८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से) ले नेप्से पुनः संरचनाका लागि अध्ययन प्रस्ताव अर्थ मन्त्रालयमा पेश गरेकोे छ ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले जानकारी दिएका छन् ।

पराजुलीले नेप्से पुनः संरचना कसरी गर्ने भन्ने विषयमा अध्ययन गरी अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको हो ।

लामो समयदेखि अर्थ मन्त्रालयलाई पनि नेप्से पुनः संरचना गर्नुपर्ने विषय उठाउँदै आएको बताए । नेप्से पुनः संरचना गर्ने भन्ने संरचनाको अध्ययन प्रस्तावको रिपोर्ट अर्थ मन्त्रालयमा बुझाएको जनाएको छ । नेप्सेले पठाएको प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृति दिएपछि मात्रै दोस्रो चरणमा जाने बाटो खुल्ने भएको छ ।

नेप्से नयाँ टेक्नोलोजीसहित पुनः संरचना गर्न सकिए पुँजीको वृद्धि र संरचना पनि परिवर्तन हुने सक्ने तयारी गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*