खानीखोला हाइड्रोपावरको हकप्रद शेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?
२६ असार २०८२, बिहीबार १८:४१

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा खानीखोला हाइड्रोपावरको १०० प्रतिशत हकप्रद शेयरमा मूल्य समायोजन भएको छ ।
बिहीबारको अन्तिम कारोबार मूल्य ४२९.११ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात यसको मूल्य २६४.५६ रुपैयाँ कायम भएको छ ।
अब सोही मूल्यलाई आधार मानेर यसको कारोबार खुला हुनेछ ।












