हिमालयन हाइड्रोपावरको लकइन अवधि समाप्त

२७ असार २०८२, शुक्रबार १२:३५

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको ९० लाख २१ हजार ११५ कित्ता शेयरको लकइन अवधि आजबाट समाप्त भएको छ।

कम्पनीको संस्थापकको ८७ लाख कित्ता, आयोजना प्रभावितको २ लाख ८१ हजार ७५० कित्ता र कर्मचारीको ३९ हजार ३६५ कित्ता शेयर विगत तीन वर्षदेखि लकइनमा थियो।

कम्पनीले वि.स २०७९ असार २८ गते आईपीओ सर्वसाधारणलाई बाँडफाँड गरेको थियो। नेपाल धितोपत्र बोर्डले सो दिनदेखि तीन वर्षसम्म उक्त शेयरहरू लकइनमा राख्न निर्देशन दिएपछि लकइनमा रहेको थियो।

लकइन अवधि सकिएसँगै उक्त शेयर आइतबारदेखि नियमित रूपमा कारोबार गर्न सकिनेछ। लकइन अवधि समाप्तिको असर कम्पनीको शेयरमूल्यमा पर्ने गर्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*