जोशी हाईड्रोपावरले साउन १५ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने

२९ असार २०८२, आईतवार ०६:४६

काठमाडौं । जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले लिमिटेडले साउन १५ गतेदेखि ६५ प्रतिशत हकप्रद शेयर (राईट) निष्कासन गर्ने भएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर १ बराबर ०.६५ को अनुपातमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट गत जेठ २६ गते अनुमति पाएको हो।

कम्पनीले हकप्रद शेयर निष्कासनका लागि असार ८ गते नै बुक क्लोज गरिसकेको छ। यसर्थ असार ७ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन्। यसमा आवेदन दिने अन्तिम मिति भदौ ४ गते तोकिएको छ।

कम्पनीको हाल चुक्ता पूँजी ३७ करोड १४ लाख रुपैयाँ छ। हकप्रद शेयर बाँडफाँड गरेपछि यो पूँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ।

हकप्रद शेयरबाट उठेको रकम कम्पनीले सञ्चालन गरिरहेको माथिल्लो पुवा १ जलविद्युत अयोजना ३ मे.वा को कर्जा भुक्तानीमा र संरचना मर्मतमा प्रयोग गर्नेछ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम एलएस क्यापिटल लिमिटेडले गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*