राष्ट्रिय बीमा कम्पनीको तेस्रो वार्षिक सभा सम्पन्न

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष दिनेश उपाध्यायको अध्यक्षतामा आज शंखमूलस्थित अनमोल क्याटरिङ सर्भिस प्रा.लि मा वार्षिक सभा सम्पन्न भएको हो ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष (आव) २०७५/२०७६ र २०७६/२०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।
त्यसैगरी कम्पनीको सोही दुई आवको लेखापरीक्षकको प्रतिवेदन सहितको असार मसान्तको वासलात, सोही मितिमा समाप्त नाफा/नोक्सान हिसाब तथान नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित सनुसूचीहरूमाथि छलफल गरी पारित गरेको छ ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष दिनेश उपाध्यायले आगामी आर्थिक वर्षको वार्षिक सभा समयमा नै गर्ने प्रतिवद्धता जनाउँदै कम्पनीलाई मजबुद बनाउने बताएका छन् । साथै, उनले वार्षिक साधारण सभामा उपस्थित भएर सभा सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने शेयरधनीहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. शिवहरि श्रेष्ठले शेयरधनीहरुको जिज्ञासा र प्रतिवेदनमा उठेका प्रश्नको जवाफ दिदै कम्पनीका प्रमुख वित्तीय सूचांकहरु बलिया भएको बताए ।
वार्षिक साधारण सभामा उपस्थित भएका शेयरधनीहरुले कम्पनीले यस्तो विषम परिस्थितीमा एकैवर्षमा बाँकी रहेका वार्षिक साधारण सभा सम्पन्न गरेकोप्रति धन्यवाद व्यक्त गरेका छन् ।

साधारणसभा प्रयोजनार्थ यस कम्पनीले असार २३ गते देखि बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असार २२ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कायम शेयरधनी मात्रै सभामा भाग लिएका थिए ।













