नेपाल इन्स्योरेन्सको २४ लाख कित्ता बोनश शेयर सूचीकृत, कहिले हुन्छ कारोबार ?
२९ असार २०८२, आईतवार १६:२४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको १५ प्रतिशत बोनश बापतको २४ लाख ६६ हजार ३६२.९१ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
आज सूचीकृत भएको उक्त बोनश शेयर भोलि अर्थात सोमबारदेखि दोस्रो बजारमा कारोबार भएको हुने प्रावधान छ । तसर्थ, कम्पनीको सूचीकृत शेयर भोलिदेखि कारोबार हुने भएको छ ।













