गुहेश्वरी मर्चेन्टले पुरानो लाभांश लिन बोलायो शेयरधनी
३१ असार २०८२, मंगलवार ०७:१५

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स लिमिटेडले पुरानो लाभांश लिन बाँकी शेयरधनीलाई बोलाएको छ।
कम्पनीले आर्थिक वर्ष ०७४/७५ र ०७५/७६ को लागि पारित गरेको लाभांश केही शेयरधनीले अझैसम्म पनि लिन नआएपछि सूचना जारी गरेर बोलाएको हो।
कम्पनीले त्यस्तो शेयरधनीलाई ललितपुरको पुल्चोकस्थित हरिहरभवनमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा कागजात सहित बोलाएको हो।
लाभांश लिन बाँकी शेयरधनीको विवरण कम्पनीको वेबसाइटमा पनि प्रकाशित गरिएको जनाएको छ। साथै लाभांश लिन नआएका शेयरधनीको लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने जानकारी दिएको छ।













