बुटवल पावरको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

३१ असार २०८२, मंगलवार १५:०७

काठमाडौं । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । बजार बढेसँगै आजपनि हाइड्रोपावर सेक्टरका कम्पनीहरुको उच्च कारोबार भएको छ ।

मंगलबार बुटवल पावर कम्पनीको ५२ करोड ३२ लाख रुपैयाँ, राधि विद्युत कम्पनीको ४३ करोड ९७ लाख रुपैयाँले सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एशिया बैंकको ३० करोड ३१ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्टक्चरको ३० करोड रुपैयाँको शेयर कारोबार भएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिका कारण शेयर बजारमा उत्साह देखिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*