शेयर बजारमा १४ अर्बको कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
३२ असार २०८२, बुधबार १५:०७

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बढेसँगै कारोबारमा पनि उच्च बृद्धि भएको छ । आज पनि हाइड्रोपावर कम्पनीहरुमा लगानीकर्ता झुम्मिएका छन् ।
बुधबार बुटवल पावर कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको यसदिन ६१ करोड ८७ लाख रुपैयाँ शेयर खरिद–बिक्री भएको छ ।
त्यस्तै, राधि विद्युत कम्पनीको ५६ करोड ६९ लाख रुपैयाँ, सानिमा माइ हाइड्रोपावरको ३९ करोड ९२ लाख रुपैयाँ, लम्बिनी विकास बैंकको ३४ करोड २५ लाख रुपैयाँ र शाहस उर्जाको ३३ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।













