राप्ती हाईड्रोको हकप्रद बाँडफाँड, ७ लाख कित्ता शेयर लिलामीमा आउने

१ श्रावण २०८२, बिहीबार ०६:२३

काठमाडौं । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार १ देखि २२ गतेसम्म निष्कासन गरेको हकप्रद शेयर बाँडफाँड गरेको छ।

कम्पनीले जेठ ५ गतेसम्म कायम शेयरधनीका लागि १ बराबर १ कित्ताका दरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो।

निष्कासन अवधिभर रीतपूर्वक आवेदन दिएका ७१ हजार ६५ जना शेयरधनीलाई ५४ लाख २३ हजार ८२७ कित्ता शेयर असार ३२ गते बाँडफाँड गरिएको हो।

बाँडफाँडमा नपरेको शेयर बापतको रकम साउन २ गतेदेखि कनेक्ट आईपीएस मार्फत् सम्बन्धित शेयरधनीको बैंक खातामा पठाइने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएको छ।

बाँडफाँडपछि कम्पनीको ७ लाख ४ हजार १११ कित्ता शेयर बाँकी बसेको छ। यसरी बाँकी बसेको शेयर सबैले खरीद गर्न पाउने गरी लिलाम प्रक्रियाबाट बिक्री गरिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*