प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित राख्ने आज अन्तिम दिन
१ श्रावण २०८२, बिहीबार ०७:१५

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित राख्ने आज अन्तिम दिन रहेको छ।
कम्पनीले लाभांश वितरण प्रयोजनार्थ भोलि बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कायम शेयरधनी मात्रै लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले चुक्ता पूँजीको १८ प्रतिशत बोनस शेयर र ०.९४७४ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको छ।
यो प्रस्ताव पारितका लागि साउन २३ गते काठमाडौंको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा बिहान ११ बजे २९औं वार्षिक साधारणसभा बस्दैछ।













