मौद्रिक नीति कार्यान्वयनसँगै बजारमा बुलः लगानीकर्ता कमाए कराडौं नाफा, ३२ सय परिसूचक पार गर्ला ?

१ श्रावण २०८२, बिहीबार १५:१०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीति कार्यान्वयनमा आएपछि शेयर बजारमा आज तीव्र उत्साह देखिएको छ । गभर्नर डा. विश्वनाथ पौडेलको नेतृत्वमा सार्वजनिक भएको यो पहिलो मौद्रिक नीतिले बजारमा बुल ल्याएको हो । मौद्रिक नीतिमा अर्थतन्त्रलाई सक्रिय बनाउने उद्देश्यसहित लचकता देखाइएकाले पूँजी बजारले सकारात्मक प्रतिक्रिया दिएको छ ।

शेयर धितो कर्जाको सीमा १५ करोड रुपैयाँबाट बढाएर २५ करोड रुपैयाँ पु¥याउने निर्णय लगानीकर्ताका लागि ठुलो राहतको रुपमा आएको छ । साथै, नीतिगत दर घटाएर कर्जा सस्तो बनाउने संकेत, लघुवित्त कम्पनीको लाभांशमा रहेको १५ प्रतिशतको क्याप हट्ने सम्भावनाले समेत बजारमा थप ऊर्जा थपेको विश्लेषकहरूको भनाइ छ ।

मौद्रिक नीतिमा पहिलोपटक घर किन्नेहरूका लागि ३ करोड रुपैयाँसम्मको कर्जा सुविधा, स्टार्टअप तथा युवा उद्यमीहरूलाई २ प्रतिशत ब्याजदरमा कर्जा, विदेश यात्राका लागि डलर सीमा ३ हजार पु¥याउनेजस्ता प्रावधानले नीति व्यापक रूपमा स्वागतयोग्य बनाएको छ । यसले तरलता वृद्धि गरी कर्जा प्रवाहलाई सहज बनाउने अपेक्षा गरिएको छ ।

शेयर बजार सधैँ एउटै दिशामा नचल्ने भए पनि अहिलेको मौद्रिक नीतिले दीर्घकालीन रूपमा पूँजी बजारमैत्री वातावरण बनाउने विश्वास गरिएको छ । लगानी प्रवद्र्धन, ब्याजदरको सहजता, तरलता आपूर्तिमा सुधार तथा संस्थागत मुनाफा वृद्धिको मार्ग प्रसस्त हुने विश्लेषणसँगै लगानीकर्ताले आगामी दिन सुखद् हुने अपेक्षा गरेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७९.८२ अकंले बढेर २८७४.६० बिन्दुमा पुगेको छ ।आज ३११ कम्पनीको ३ करोड ८६ लाख ३४ हजार कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ५९ करोड २१ लाख रुपैयाँको कारोबार भएको छ ।

आज १३ वटै सूचकमा हरियाली देखिएको छ । बैंकिङ समूहको १.९७ प्रतिशत, विकास बैंक समूहको २.०५ प्रतिशत, फाइनान्स समूहको ३.०६ प्रतिशत, होटल तथा पर्यटन समूहको २.८० प्रतिशत, हाइड्रोपावर समूहको ३.१५ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ३.३३ प्रतिशतले शेयर मूल्य बढेको छ ।

यसदिन २३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ९ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*