चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, हाइड्रो र फाइनान्सले सर्वाधिक कमाए
१ श्रावण २०८२, बिहीबार १५:११

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज शेयर बजारमा कारोबार भएका चार वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
बिहीबार कारोबार भएका २४० वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन ट्रेड टावर, शुभम पावर, थ्रीस्टार हाइड्रोपावर र इष्टर्न हाइड्रोपावरको शेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, बाराही हाइड्रोपावर, नेपाल पुनर्बीमा कम्पनी, मेरो माइक्रोफाइनान्स, युनियन हाइड्रोपावर लगायतका कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको छ ।














