तेह्रथुम पावरको राईट शेयरमा आवेदन दिने म्याद थप

४ श्रावण २०८२, आईतवार ०७:१५

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले असार १६ गतेदेखि निष्कासन गरिरहेको हकप्रद (राईट) शेयर मा आवेदन दिने म्याद थपेको छ।

कम्पनीले यसअघि साउन ४ गतेसम्म मात्रै राईट शेयर खुला गर्ने भनेकोमा पर्याप्त आवेदन नपरेपछि निष्कासन अवधि थपेर साउन ११ गते कायम गरेको हो।

कम्पनीले जेठ ४ गतेसम्म कायम शेयरधनीका लागि १ बराबर १ कित्ताको दरले ४० लाख कित्ता राईट शेयर प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले निष्कासन गरिरहेको छ।

यसमा नक्सालस्थित नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग, नबिल बैंकको तेह्रथुमस्थित छथर, म्याङलुङ्ग, फेदाप र संक्रान्तिबजार शाखा, कुमारी बैंकको मेन्छयायम शाखा र नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवामा सहभागी सबै बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*