सान्भि इनर्जीको कतिमा भयो पहिलो कारोबार ?

४ श्रावण २०८२, आईतवार १०:५०

काठमाडौँ । सान्भि इनर्जीको पहिलो कारोबार भएको छ। आइतबार स्पेशल प्रि ओपन सेसनमा कम्पनीको शेयर प्रतिकित्ता ३५९ रुपैयाँमा पहिलो कारोबार भएको हो।

कम्पनीको शेयर गत बिहीबार नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको ३७ लाख ९० हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ५० लाख १० हजार कित्ता शेयर गरी कुल ८८ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*