दुई कम्पनीले पायो हकप्रद शेयर निष्काशन गर्न अनुमति, कुनले कति ?

काठमाडौं। नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ। शिवश्री हाइड्रोपावर लिमिटेड र सिटी होटल लिमिटेडले आइतबार बोर्डबाट स्वीकृति पाएका हुन्।
शिवश्री हाइड्रोपावरले आफ्नो हालको १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी बराबरको १०० प्रतिशत हकप्रद शेयर ९१ः१ को अनुपातमा० निष्काशन गर्न पाउने भएको छ। यसका लागि सिटिजन्स क्यापिटल कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धक तोकिएको छ।
त्यस्तै, सिटी होटल लिमिटेडले भने हालको १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ चुक्ता पूँजीको ०।०८० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न स्वीकृति पाएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरमा शेयर बिक्री गर्नेछ। सिटी होटलको हकप्रद शेयर निष्काशनमा प्रभु क्यापिटल बिक्री प्रबन्धकको भूमिका रहनेछ।
धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि अब यी कम्पनीहरूले नियमानुसार निष्काशन प्रक्रिया अघि बढाउने छन्।













