आईपीओ निकाल्न अनुमति माग्दै ह्वाइट लोटसले बोर्डमा दियो निवेदन
५ श्रावण २०८२, सोमबार १०:०३

काठमाडौं । ह्वाइट लोटस पावर लिमिटेडले शेयरको प्रारम्भिक निष्कासन (आईपीओ) गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।
कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले जम्मा १२ लाख १९ हजार कित्ता आईपीओ निकाल्न अनुमति माग्दै साउन ३१ गते निवेदन दिएको हो।
यो अनुमति पाएमा कम्पनीले आईपीओबाट १२ करोड १९ लाख रुपैयाँ संकलन गर्नेछ। कम्पनीले हाइड्रोपावर सेक्टरबाट आईपीओ निकाल्न लागेको हो।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेण्ट बैंकिंग लिमिटेडले गर्दैछ।












