अग्रवाल पक्राउ पछि सम्बन्धित कम्पनीको शेयर धरासायी, एकैदिन धेरैमा नकारात्मक सर्किट
५ श्रावण २०८२, सोमबार १४:४६

काठमाडौँ । लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेसँगै उनीसँग सम्बन्धी कम्पनीको शेयर मूल्यमा भारी गिरावट आएको छ । प्रहरीले उनलाई आपराधिक लाभ र ठगी मुद्दामा अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि नियन्त्रणमा लिएको हो ।
उनी पक्राउ परेसँगै अग्रवालसँग सम्बन्धीत कम्पनी कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
साथै, जोशि हाइड्रोपावरको शेयर मूल्यमा समेत गिरावट आएको छ । अग्रवाल सोहि कम्पनीको शेयर खरिद बिक्री बारे समाजिक सञ्जालमा खुलेरै बोल्ने गरेका थिए ।
अहिले सो कम्पनीको शेयर बिक्री गर्नेहरुको घुइचो लागेको छ ।














