पुँजी बजार हरियालीः परिसूचक २९ सय बिन्दुमा, तर फसे अग्रवालका लगानीकर्ता

५ श्रावण २०८२, सोमबार १५:०५

काठमाडौँ । शेयर बजारमा मौद्रिक नीतिको सकारात्मक प्रभाव देखिँदै गएको छ । आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले बजारमा हरियालीको संकेत दिएको छ । विशेषतः शेयर धितो कर्जाको सीमा २५ करोड रुपैयाँसम्म पु¥याउने निर्णय, बैंकहरूलाई हकप्रद शेयरमार्फत पूँजी जुटाउने व्यवस्था र लगानीकर्ताका दीर्घकालीन माग सम्बोधनले बजारमा उत्साह थपेको हो ।

राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक गरेको नीतिले लगानीकर्ताबीच सकारात्मक सन्देश प्रवाह गरेको छ । नेप्से सूचकमा उल्लेखनीय सुधार देखिएको छ भने बैंकिङ समूहको शेयर मूल्यमा पनि उछाल आएको छ । बजारमा उत्साह थपिँदा दैनिक कारोबार रकममा समेत सुधार देखिएको छ ।

तर, सोमवार चर्चित लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेपछि उनीसँग सम्बन्धित कम्पनीहरूमा भने स्थिति फरक देखिएको छ । प्रहरीको अनुसार उनलाई आपराधिक लाभ र ठगी मुद्दामा अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि नियन्त्रणमा लिइएको हो । अग्रवाल पक्राउ परेपछि कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र सिन्धु बैंकको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

यस्तै, अग्रवालको नाम जोडिएको जोशि हाइड्रोपावरको शेयर मूल्यमा समेत गिरावट आएको छ । उनले सो कम्पनीको शेयर खरिद–बिक्रीसम्बन्धी विषयहरू सामाजिक सञ्जालमा सक्रिय भएर सार्वजनिक गर्दै आएका थिए । बजार समग्र रूपमा हरियाली भए पनि अग्रवालसँग जोडिएका कम्पनीहरूमा गिरावट देखिनु ठूलो अन्तरविरोधको रूपमा देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.२१ अकंले बढेर २९०१.१७ बिन्दुमा कायम भएको छ । आज ३११ कम्पनीको ३ करोड ५४ लााख ४५ हजार कित्ता शेयर किनबेच हुँदा १६ अर्ब २० करोड २ लाख ८९ हजार रुपैयाँको कारोबार भएको हो ।

यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको ०.८० प्रतिशत, विकास बैंक समूहको १.६१ प्रतिशत, फाइनान्स समूहको ०.४३ प्रतिशतले शेयर मूल्य घटेको छ।

यसदिन अग्रवालसँग सम्बन्धीत कम्पनीको शेयर मूल्य सर्वाधिक घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*