सोमबार यी १० कम्पनीका लगानीकर्ता भए सर्वाधिक मालामाल
५ श्रावण २०८२, सोमबार १५:१४

काठमाडौँ । शेयर बजार आज दोहोरो अकंले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.२१ अकंले बढेर २९०१.१७ बिन्दुमा कायम भएको हो ।
आज ३११ कम्पनीको ३ करोड ५४ लााख ४५ हजार कित्ता शेयर किनबेच हुँदा १६ अर्ब २० करोड २ लाख ८९ हजार रुपैयाँको कारोबार भएको छ । यसदिन तीन कम्पनीको शेयरमा सर्किट लागेको छ ।
सोमबार थ्रि स्टार हाइड्रोपावर, ट्रेड टावर, सान्वी इनर्जी र उन्नती सहकार्य लघुवित्तको शेयरमा सर्किट लागेको हो ।













