हकप्रद प्रस्ताव पारितका लागि दोल्ती पावरले बोलायो विशेष साधारणसभा
६ श्रावण २०८२, मंगलवार १०:१८

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पारितका लागि साउन २२ गते विशेष साधारणसभा बोलाएको छ।
काठमाडौंको पुरानो बानेश्वरस्थित काजीको किचनमा बस्न लागेको उक्त सभाले हाल कायम चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा हकप्रद शेयर निकाल्ने र त्यसबाट आउने रकमको उपयोग सम्बन्धमा निर्णय गर्नेछ।
त्यसैगरी नियमनकारी निकायबाट निर्देशन भएमा वा आवश्यक परेमा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।
सभा प्रयोजनार्थ कम्पनीले साउन १४ गते एक दिन बुक क्लोज गर्ने निर्णय पनि गरेको छ। यसर्थ साउन १३ गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्रै यस सभामा भाग लिन सक्नेछन्।












