चार कम्पनीमा सकारात्मक सर्किट, यी १० वटाले सर्वाधिक कमाए

६ श्रावण २०८२, मंगलवार १५:१४

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज विभिन्न सेक्टरका चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

मंगलबार ट्रेड टावर, शिवम् सिमेन्ट, सान्भी इनर्जी र उन्नती सहकार्य लघुवित्त लगायतको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीहरुले आज सर्वाधिक कमाएका छन् ।

त्यस्तै, बिन्द्याबासीनी हाइड्रोपावरको ९.७६ प्रतिशत, सोनापुर मिनिरल्सको ८.७७ प्रतिशत, इन्फिनीटी लघुवित्तको ८.३६ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*