नेप्सेले सार्वजनिक गर्ने भयो हरेक ब्रोकरको मासिक र वार्षिक कारोबार विवरण

७ श्रावण २०८२, बुधबार १७:०५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अबदेखि हरेक ब्रोकर कम्पनीको मासिक र वार्षिक खरिद–बिक्री रकम सार्वजनिक गर्ने भएको छ ।

सेयर बजारमा संलग्न ब्रोकर कम्पनीहरूले कुन अवधिमा कति रकम बराबरको सेयर खरिद र बिक्री गरे भन्ने विस्तृत विवरण अबदेखि नेप्सेले आफ्नै प्रतिवेदनमा समेट्ने भएको हो ।

नेप्सेका अनुसार यसअघि पनि कम्पनीहरूको कारोबार विवरण नेप्सेमा रेकर्ड गरिँदै आएको थियो तर ती विवरणहरू सार्वजनिक गरिँदैनथे । अबदेखि भने हरेक कम्पनीको कारोबार विवरण नेप्सेले मासिक र वार्षिक रुपमा प्रकाशन गर्नेछ ।

यो अभ्यासले ब्रोकरहरूको सक्रियता, बजारमा उनीहरूको प्रभाव र सम्भावित एकाधिकार जस्ता विषयबारे स्पष्ट संकेत दिने नेप्सेले विश्वास लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*