हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक खरिद–बिक्री

८ श्रावण २०८२, बिहीबार १५:०६

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बढेको छ । बजार बढेसँगै आज १८ अर्ब रुपैयाँको कारोबार भएको छ ।

आज राधि विद्युत कम्पनीकको सबैभन्दा बढी रुपैयाँको शेयर खरिद–बिक्री भएको छ । कम्पनीको आज कुल ७७ करोड २० लाख रुपैयाँका शेयर कारोबार भएको छ ।

त्यस्तै, ङादी ग्रुप पावरको ७१ करोड ९१ लाख रुपैयाँ, ग्रीन भेन्चर्सको ६६ करोड २८ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको ५४ करोड ६५ लाख रुपैयाँ र हिमालयन रि इन्स्योरेन्सको ५१ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*