चार कम्पनीको शेयरमा सर्किट, यी १० वटाका लगानीकर्ता भए मालामाल
८ श्रावण २०८२, बिहीबार १५:१५

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बढेको छ । पूँजी बजार बढेसँगै आज १२३ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको हो ।
बिहीबार ग्रीन भेन्चर्स, ट्रेड टावर, सान्भी इनर्जी र स्वीतगँगा हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीका लगानीकर्ताहरुले आज धेरै नाफा कमाएका छन् ।
त्यस्तै, हिमालायन हाइड्रोपावर, मायाखोला हाइड्रोपावर, राधि जल विद्युत, ङादी ग्रुप पावर, समता घरेलु लगायतका कम्पनीहरुका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् ।













