शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको डिवेञ्चर” बाँडफाँड

९ श्रावण २०८२, शुक्रबार १०:१२

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले जारी गरेको १० वर्षको अवधिको वार्षिक ८ प्रतिशत ब्याजदर भएको “शाइन रेसुङ्गा डिवेञ्चर” बाँडफाँड भएको छ।

एक अर्ब रुपैयाँबराबरको १० लाख कित्ता ऋणपत्रह साउन ८ गते निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडमा बाँडफाँड सम्पन्न भएको हो।

ऋणपत्र खरिदका लागि उत्साहजनक रुपमा ५।९५ गुणाभन्दा बढी आवेदन प्राप्त भएको थियो। कूल निष्काशित रकमको ६० प्रतिशत व्यक्तिगत तवर र ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याई एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रहि गत असार ३२ गतेदेखि साउन ४ गतेसम्म निष्काशन गरिएको थियो।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*