हालसम्मकै उच्च मूल्य रहेका शेयर यी हुन्

९ श्रावण २०८२, शुक्रबार १०:१४

सेयर बजारमा ९ कम्पनीको मूल्य हालसम्मकै उच्च भएको छ । वितरित हकप्रद तथा बोनस सेयर पश्चात समायोजित मूल्य गणनापछि यी कम्पनीको मूल्य उच्च भएको हो ।

मूल्य उच्च भएका अधिकांश कम्पनी हाइड्रोपावर सेक्टरका छन् । ९ वटा कम्पनीमध्ये ५ वटा हाइड्रोपावर छन् । हालसम्मकै उच्च मूल्यमा पुगेका कम्पनीमा कालिका पावर, राधि विद्युत्, बुटवल पावर, ङादी ग्रुप तथा सान्भी इनर्जी छन् ।

 

यीमध्ये सान्भी हालै सूचीकृत भएको कम्पनी हो । बिहीबार बजार बन्द हुँदा कालिका पावरको मूल्य ६४८।२२, राधिको ८७०।५४, बुटवल पावरको १०३३।२८, ङादी ग्रुपको ४४६।०५ तथा सान्भीको ५७७।९० रुपैयाँ छ ।

हाइड्रोपावरबाहेक अन्य समूहका नेपाल पुनर्बीमा र ट्रेड टावर, विकास बैंक समूहको सांग्रिला डेभलपमेन्ट बैंक तथा लगानी समूहको सीईडीबी होल्डिङस्को मूल्य हालसम्मकै उच्च भएको हो । ट्रेड टावर हालै सूचीकृत कम्पनी हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*