रिभर फल्स पावरलाई शतप्रतिशत हकप्रद शेयर निष्काशन अनुमति

९ श्रावण २०८२, शुक्रबार १६:३४

काठमाडौं । रिभर फल्स पावरले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले रिभर फल्स पावरलाई हकप्रद शेयर जारी गर्न अनुमति दिएको हो।

योसँगै अब कम्पनीले हाल कायम चुक्तापुँजी ७० करोड रुपैयाँ सतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर आफ्ना शेयरधनीहरुका लागि जारी गर्नेछ।

कम्पनीले कुल ७० करोड रुपैयाँबराबरको हकप्रद निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता शेयर आफ्ना शेयरधनीहरुलाई बिक्री गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*