पिपुल्स पावरको लकइन अवधि भदौमा सकिने

काठमाडौं । पिपुल्स पावर लिमिटेडको ३९ लाख ७ हजार ९४८ कित्ता शेयरको लकइन अवधि आउँदो भदौमा सकिने भएको छ।
हाल कम्पनीको संस्थापकको ३२ लाख २६ हजार कित्ता, कर्मचारीको ४९ हजार ३४८ कित्ता र स्थानीयको ६ लाख ३२ हजार ६०० कित्ता शेयर लकइनमा रहेको छ।
कम्पनीले २०७९ असार ३१ गतेदेखि भदौ ५ गतेसम्म सर्वसाधारणमा आईपीओ निष्कासन गरेर भदौ १२ गते बाँडफाँड गरेको थियो। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई संस्थापक, कर्मचारी र स्थानीयको शेयर आईपीओ बाँडफाँडको मितिले ३ वर्षसम्म लकइनमा राख्न निर्देशन दिएसँगै उक्त शेयरहरू लकइनमा रहेका छन्।
आउँदो भदौ १२ गते ३ वर्ष पूरा हुने भएकाले सो दिनपछि यी शेयरको लकइन अवधि समाप्त हुनेछ। लकइन अवधि सकिएसँगै यी शेयरहरू कारोबार गर्न सकिनेछ। यद्यपि कम्पनीको सञ्चालक समितिका सदस्य र उच्च तहमा रहेका कर्मचारीले भने कारोबार गर्न सक्ने छैनन।












