शेयर बजार ४ वर्षयताकै उच्च विन्दु, परिसूचक ३००० बिन्दुमाथि

११ श्रावण २०८२, आईतवार १२:२२

काठमाडौं । आइतबार शेयर बजारले लामो समयपछिको उच्च बिन्दु छोएको छ । कारोबार सुरु भएको केही मिनेटमै नेप्से परिसूचक उल्लेख्य वृद्धि हुँदै ३००२.२० बिन्दुमा पुगेको हो । कारोबार खुलेको ६ मिनेटमै सूचक २०.१६ अंकले उक्लिएको थियो जुन अघिल्लो एक वर्षको उच्चतम स्तर हो ।

दिउँसो १२ः१९ बजेसम्म बजार अझै उकालो लाग्दै ३००७ अंकमा पुगेको थियो । यसअघि गत आर्थिक वर्ष साउन ३० गते नेप्से ३०००.८१ विन्दुमा पुगेको थियो, जसदिन कुल कारोबार २९ अर्ब ९५ करोड रुपैयाँ पुगेको थियो । यद्यपि त्यसपछि बजार ओरालो लाग्दै स्थिर बनेको थियो ।

२०७८ भदौ २ गते ३१९८ अंकमा पुगेपछि सुस्ताएको नेप्सेले त्यसयता पुनः त्यस्तो उचाइ हासिल गर्न सकेको थिएन । तर, चालु आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकको लचिलो मौद्रिक नीति, अनुकूल सूचक र लगानीकर्ताको बढ्दो विश्वासले गर्दा असारको अन्तिम सातादेखि बजारमा सकारात्मक लय कायम रहँदै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*