रिभर फल्स पावरलाई शतप्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति
११ श्रावण २०८२, आईतवार १८:३७

काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिभर फल्स पावर लिमिटेडलाई शतप्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ ।
प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता हकप्रद शेयर निष्कासनका लागि बोर्डले अनुमति दिएको हो । शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ४० करोड रुपैयाँ कायम हुनेछ । कम्पनीको हकप्द शेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । यस कम्पनीले बैंकको ऋण भुक्तानीका लागि ऋणपत्र निष्कासन गर्न लागेको हो ।
हाल कम्पनीको चुक्तापूँजी ७० करोड रुपैयाँ रहेको छ ।












