रिज लाइन इनर्जीले आईपीओ निष्कासन गर्ने

१२ श्रावण २०८२, सोमबार ०६:२७

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव सहित भदौ ४ गते ललिपुरको कुपण्डोलस्थित होटल हिमालयमा दिउँसो ३ बजे चौथो वार्षिक साधारणसभा बोलाएको छ।

साधारणसभाले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्र्ने र त्यसबाट प्राप्त हुने रकमको उपयोग गर्ने बारे विशेष प्रस्ताव पारित गर्नेछ।

साथै गत आवको सञ्चालक र लेखापरीक्षकको प्रतिवेदन सहितका वित्तीय विवरण पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गर्नेछ। ७ करोड ७८ लाख ३५ हजार रुपैयाँ नगद लाभांश बाँड्ने र १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि तय गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*