शेयर बजारमा भरियो उत्साह, १९ अर्बको कारोबार, फाइनान्स र विकास बैंकका लगानीकर्ता मालामाल

काठमाडौं। कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक २.०७ अंकले घटेर २९६२.१३ को बिन्दुमा कायम भएको हो ।
आज ३२१ कम्पनीको चार करोड ४१ लख २४ हजार ९२४ कित्ता शेयर किनबेच हुँदा १९ अर्ब ३६ करोड आड लाख रुपैयाँको कारोबार भएको छ । सोमबार करोबार भएका ६ वटा उपसूचकमा हरियाली छाएको छ । आज वाणिज्य बैंक समूहको ०.२१ प्रतिशत, फाइनान्स समूहको २.८३ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.२४ प्रतिशतले शेयरमूल्य बढेको छ ।
यसदिन १२२ कम्पनीको शेयर मूल्य बढेको छ भने १२८ कम्पनीको घटेको छ । बजार बढेसँगै आज तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो ।
लगानीकर्ताहरूका अनुसार बजार दीर्घकालीन रूपमा सन्तुलित रहनका लागि यस्ता करेक्सन आवश्यक मानिन्छन् । चालु आर्थिक वर्षको सुरुवातसँगै नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीति ल्याएको छ भने विभिन्न सूचकहरू सकारात्मक देखिएपछि लगानीकर्ताको विश्वास पनि उच्च बनेको छ।












