१४ लाख ५२ हजार कित्ता आइपीओ निष्कासनका लागि सागर डिष्टिलरीले पायो अनुमति
१२ श्रावण २०८२, सोमबार १७:४२

काठमाडौँ । सागर डिष्टिलरी लिमिटेडले आइपीओ निष्कासनको अनुमति पाएको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले साउन १२ गते आइपीओ निष्कासनको अनुमति दिएको हो ।
अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा १४ लाख ५२ हजार कित्ता आइपीओ जारी गर्ने छ । कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।












