हिमालयन रिको मात्र एक अर्ब ३२ करोडको कारोबार, यी १० कम्पनीका झुम्मिए लगानीकर्ता
१४ श्रावण २०८२, बुधबार १५:०७

काठमाडौं । कारोबार साताको चौथो दिन अर्थात बुधबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेप्से पसिूचक ५२.८७ अंकले घटेर २९४९ को बिन्दुमा कायम भएको छ ।
शेयर घटेतापनि हिमालयन रि इन्स्योरेन्समा लगानीकर्ताहरु झुम्मिएका छन् । कम्पनीको आज एक अर्ब ३२ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डिस्टीलरीको ७३ करोड २९ लाख रुपैयाँ, शिवम् सिमेन्टको ५७ करोड ३३ लाख रुपैयाँ, ग्रीन भेन्चर्सको ५६ करोड ६९ लाख रुपैयाँ र नेपाल रि इन्स्योरेन्सको ५४ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।













