सान्भी इनर्जी र ट्रेड टावरमा सकारात्मक सर्किट, यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
१४ श्रावण २०८२, बुधबार १५:१३

काठमाडौं । कारोबार साताको चौथो दिन अर्थात बुधबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेप्से पसिूचक ५२.८७ अंकले घटेर २९४९ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार घटेतापनि आज सान्भी इनर्जी र ट्रेड टावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधबार कारोबार भएका २३ वटा कम्पनीको शेयरमूल्य मात्र बृद्धि भएको छ ।
त्यस्तै, समत घरेलु लघुवित्तको ६.७४ प्रतिशत, सिक्लेस हाइड्रोपावरको ५.१६ प्रतिशत, भुगोल इनर्जीको ३.८२ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।













