रिभर फल्सद्वारा हकप्रद निष्काशन प्रयोजनको लागि बुकक्लोज मिति तय

१५ श्रावण २०८२, बिहीबार १०:५०

काठमाडौं । रिभर फल्स पावरले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ। कम्पनीले साउन २६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।

यस अनुसार साउन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्। कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा ७० करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले कम्पनीलाई साउन ९ गते स्वीकृती दिएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*