स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँडको मिति तय
१५ श्रावण २०८२, बिहीबार १३:१९

काठमाडौं । स्वस्तिक लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरिएको आईपीओ शुक्रबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले शुक्रबार बाँडफाँड गर्न लागेको हो।
आईपीओको साउन १३ गते प्रि अलोटमेन्ट सम्पन्न भएको छ। यस आईपीओमा ६७ हजार ३ सय २९ जनाले १० लाख ३७ हजार १ सय ३० कित्ताको लागि आवेदन परेकोमा ४ जनाको आवेदन रद्द भएको छ। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट कम्पनीको आईपीओ बाँडफाँड हुने छ। जसमा गोलाप्रथाबाट २ हजार ३ सय १० जनाले १० कित्ताको दरले शेयर पाउने छन् ।
कम्पनीले पहिलो चरणमा श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई असार २७ गतेदेखि साउन ९ गतेसम्म शेयर निष्काशन गरेको थियो।













