दुई पुनर्बीमामा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
१५ श्रावण २०८२, बिहीबार १५:०६

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ३८.४० अंकले घटेर २९१५ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार घटेतापनि आज दुबै पुनर्बीमा कम्पनीहरुमा लगानीकर्ता झुम्मिएका छन् । बिहीबार हिमालयन रि इन्स्योरेन्सको एक अर्ब ३३ करोड ८८ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको ७५ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डिस्टीलरीको ६९ करोड नौ लाख रुपैयाँ, शिवम् सिमेन्टको ६७ करोड ११ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको ४१ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।














